पारालम्पिक विजेता पलेशाको खातामा सरकारल पठायो ६५ लाख रुपैयाँ

पारालम्पिक विजेता पलेशाको खातामा सरकारल पठायो ६५ लाख रुपैयाँ

काठमाडौं : ऐतिहासिक पारालम्पिक पदक विजेता पलेशा गोवर्द्धनलाई सरकारले पुरस्कारबापतको ६५ लाख रुपैयाँ दिएको छ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको एक कार्यक्रममा प्रधानमन्त्रीले डिजिटल माध्यमबाट उनको खातामा ६५ लाख रुपैयाँ जम्मा गरेका हुन्।

यस्तै सरकारले प्रशिक्षक कविराज नेगीलाई ५ लाख ८५ हजार पुरस्कार दिँदा व्यवस्थापक २ लाख ९२ हजार पुरस्कार रकम उपलब्ध गराइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सरकारले राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार सो पुरस्कार दिएको हो।

भदौ २८, २०८१ शुक्रबार १२:०७:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।