नेपाल प्रिमियर लिगका आठ मार्की प्लेयर आज सार्वजनिक गरिँदै

नेपाल प्रिमियर लिगका आठ मार्की प्लेयर आज सार्वजनिक गरिँदै

काठमाडौं : नेपाल प्रिमियर लिगका आठ फ्रेन्चाइजी टिमले आफ्ना मार्की प्लेयर आज सार्वजनिक गर्दैछन्।

नेपाल प्रिमियर लिगको फेसबुकबाट आज आठ मार्की प्लेयरको नाम सार्वजनिक गरिँदैछ।

पहिलो पटक नेपाल क्रिकेट संघ आफैँले आयोजना गर्न लागेको प्रतियोगितामा पोखरा, काठमाडौं, जनकपुर, लुम्बिनी, चितवन, सुदूरपश्चिम, विराटनगर र कर्णाली गरी आठ टिम सहभागी हुँदैछन्।

केही दिनअघि मात्र लिगका आठ टिमको टुंगो लागेको थियो। यसमध्ये सबैभन्दा बढी मूल्यमा टीम पोखरा बिक्री भएको थियो। नेपाल टी–२० क्रिकेटले उक्त टिम तीन करोड ५७ लाख रुपैयाँमा खरिद गरेको थियो।

त्यसपछि कान्तिपुर पब्लिकेशनले टिम काठमाडौं तीन करोड ३३ लाखमा ड्रिम स्पोर्ट्सले टिमक जनकपुर दुई करोड पाँच लाखमा किन्दा सबैभन्दा कम टिम कर्णालीलाई हिमालयन बिल्डर्स एण्ड इन्जिनियरिङले एक करोड ११ लाखमा खरिद गरेको थियो।

नेपाल प्रिमियर लिग मंसिर दोस्रो साताबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। 

भदौ २७, २०८१ शुक्रबार ०८:१९:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।