मिस स्विजरल्याण्डकी फाइनलिस्टको श्रीमानबाटै क्रुरतापूर्वक हत्या, टुक्रा-टुक्रा पारी ब्लेन्डरमा पिसिएको थियो शव

मिस स्विजरल्याण्डकी फाइनलिस्टको श्रीमानबाटै क्रुरतापूर्वक हत्या, टुक्रा-टुक्रा पारी ब्लेन्डरमा पिसिएको थियो शव

एजेन्सी : मिस स्विट्जरल्याण्डकी फाइनलिस्ट क्रिस्टिना जोक्सिमोविचका पति थोमसले उनको क्रुरतापूर्वक हत्या गरेको खुलासा भएको छ।

थोमसले क्रिस्टिनाको हत्यापछि मृत शरीरलाई धेरै टुक्रामा काटेर ब्लेंडरमा ग्राइन्ड गरी त्यसलाई लुकाउन एसिडको घोलमा हालेको स्वीट्जरल्याण्ड प्रहरीका अनुसन्धान अधिकारीहरूले खुलासा गरेका छन्।

३८ वर्षीय मोडल क्रिस्टिनाको यही वर्ष फेब्रुअरी १३ मा हत्या भएको थियो। क्रिस्टिनाको शव बिनिङ्गेन शहरमा रहेको उनको घरको लुगा धुने कोठामा फेला परेको थियो।

हत्या भएको एक दिनपछि (१४ फेब्रुअरी २०२४) प्रहरीले क्रिस्टिनाका श्रीमान् थोमस (४१) लाई पक्राउ गरेको थियो। थोमसले मार्चमा उनीमाथि लगाइएको अभियोग स्वीकार गरेको समाचारमा उल्लेख छ।

यद्यपि थोमसले अदालतमा जमानतको लागि निवेदन दिएका पनि थिए। तर सेप्टेम्बर ११ मा अदालतले त्यसलाई स्वीकार गर्यो।

थोमसले प्रहरीलाई दिएको बयानमा मैले आत्मरक्षाका लागि क्रिस्टिनाको हत्या गरेको बताएका छन्। क्रिस्टिनाले आफूमाथि चक्कु प्रहार गरेपछि आत्मरक्षाका लागि हत्या गरेको उनको भनाइ छ।

यद्यपि स्काई न्यूजका अनुसार मेडिकल रिपोर्टमा थोमसमाथि आक्रमणको कुनै संकेत भेटिएको छैन। क्रिस्टिनाको पोष्टमार्टम रिपोर्टमा उनको पहिला घाँटी थिचेको खुलासा भएको छ। थोमसले आफ्नो बयानमा यो कुरा स्वीकार गरेका छन्।

यसपछि उनले क्रिस्टिनाको शरीरलाई लुगा धुने कोठामा आरा, चक्कु र विरुवा छाँट्ने कैँचीको सहायताले टुक्रा पारेका थिए।

क्रिस्टिनाले सन् २००५ मा मिस नर्थवेस्ट स्विट्जरल्यान्डको उपाधि जितेकी थिइन्। बिनिङ्गेनमा जन्मिएकी क्रिस्टिनाले आफ्नो करियर मोडलिङबाट सुरु गरिन्। उनले सन् २००३ मा मिस नर्थवेस्ट स्विट्जरल्याण्डको उपाधि जितेकी थिइन्।

सन् २००८ मा उनी मिस स्वीट्जरल्याण्डको फाइनलमा पुगेकी थिइन्। यसपछि क्रिस्टिनाले क्याटवाक प्रशिक्षकको रुपमा करियर बनाइन्। क्रिस्टिनाले सन् २०१३ मा मिस युनिभर्स प्रतियोगिताका लागि डोमिनिक रिन्डरक्नेचलाई तालिम दिएकी थिइन्।

भदौ २७, २०८१ शुक्रबार ०७:३५:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।