घुसको पैसाले जग्गा किन्दा आमा-छोरा विरुद्ध नै सम्पत्ति शुद्धीकरणको मुद्दा

घुसको पैसाले जग्गा किन्दा आमा-छोरा विरुद्ध नै सम्पत्ति शुद्धीकरणको मुद्दा

काठमाडौं : घुस वापत रकमबाट जग्गा किनेको आरोप लागेका लुम्बिनी विकास कोषका इञ्जिनियर सरोज भट्टराई र उनको आमा विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ।

घुसबापतको रकमबाट आफ्नो आमाको नाममा जग्गा किनेको विषयमा अख्तियारले सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको हो।

अख्तियारले घुसबापत जग्गा नै जोडेको आरोपमा सरोज र उनकी आमा जनक नन्दिनी भट्टराईलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको हो।
सम्पत्ति शुद्धीकरण मुद्दा सम्बन्धी कानून बदलिएर अख्तियारले पनि मुद्दा लैजान सक्ने प्रावधान आएपछि आयोगले अभियोग लगेको यो पहिलो हो।

भदौ २६, २०८१ बिहीबार २२:३०:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।