कांग्रेस  र एमाले मिल्दा देशमा खुसीयाली छाएको छ : सभापति देउवा

कांग्रेस  र एमाले मिल्दा देशमा खुसीयाली छाएको छ : सभापति देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र एमाले मिल्दा देशमा खुसीयाली छाएको दाबी गरेका छन्।

बिहीबार पार्टीबाट विजयी स्थानीय तहका प्रमुखहरूलाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले एमालेसँग मिल्दा सुरूमा पार्टीका सबै नेताहरू चिन्तित भए पनि अहिले पार्टीमा मात्र नभएर देशमै खुसी छाएको बताएका हुन्।

उनले  भने,  ‘हिजो एमाले र माओवादी मिल्दा पार्टीका सबै साथीहरू चिन्तित थिए, डराइरहेका थिए। साथीहरूको भावनाअनुसार मैले एमालेका नेता केपी ओलीसँग कुरा गरेर सहमतिमा पुग्यौँ। सहमतिले उहाँ प्रधानमन्त्री हुनुहुन्छ। दुई  वर्षपछि उहाँले प्रधानमन्त्री छोड्ने सहमति भएको छ।’

‘ओलीजीले अरु पार्टी सिध्याउने कुरा गर्नुभएको छैन। सबैलाई मिलाएर लैजान चाहन्छौँ । हामीबीच भएको सहमतिले देशभर खुशी ल्याएको छ’, उनले अगाडि भने।

साथै उनले पार्टी छोडेर गएकाहरू पुन: पार्टीमा फर्किन थालेको बताए। उनले पार्टीलाई कमजोर बनाउने षडयन्त्र भइरहेको बताउँदै सचेत रहन पार्टी पदाधिकारीहरूलाई आग्रह गरे। उनले दुई पार्टी मिलेर अरु पार्टीलाई सिध्याउने नीति कांग्रेसको नभएको बताए।

भदौ २६, २०८१ बिहीबार २०:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।