रुख काट्ने क्रममा च्यापिएर शेरबहादुरको मृत्यु

रुख काट्ने क्रममा च्यापिएर शेरबहादुरको मृत्यु

तनहुँ : जिल्लाको भिमाद नगरपालिका-६ रङ्गशाला नजिकै रुख काट्ने क्रममा च्यापिएर आज एक वृद्धको मृत्यु भएको छ।

सोही वडाको मालेबगर बस्ने ५८ वर्षीय शेरबहादुर कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

सिसौघारीमा रुख काटी डोरीले तान्ने क्रममा रुखले च्यापिएर घाइते कुमाललाई प्राथमिक स्वास्थ्य केन्द्र भिमादमा उपचारका लागि लगिएको थियो।

उपचारकै क्रममा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए।

भदौ २६, २०८१ बिहीबार २०:२८:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।