बालुवाटारमा प्रधानमन्त्रीसँग देउवा र प्रचण्डको छलफल

बालुवाटारमा प्रधानमन्त्रीसँग देउवा र प्रचण्डको छलफल

काठमाडौं : बालुवाटारमा तीन दलका शीर्ष नेताबीच छलफल भैइरहेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सत्तारुढ एमाले र नेपाली कांग्रेसले उपसभामुखलाई हटाउने तयारी गरेका बेला तीन दलका शीर्ष नेताको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

भदौ २६, २०८१ बिहीबार १२:२०:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।