लैनचौरको गेष्ट हाउसमा २३ वर्षीया युवती बलात्कृत, तनहुँका पौडेल पक्राउ

काठमाडौं : २३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तनहुँ व्यास नगरपालिका-९ घर भई पोखरा बस्ने २४ वर्षीय सुदिप पौडेल रहेका छन्। उनलाई बुधबार राती प्रहरीले पक्राउ गरेको हो।
पौडेलले ती युवतीलाई काठमाडौं महानगरपालिका-२६ लैनचौरस्थित प्यासिफिक गेष्ट हाउस तथा अपार्टमेन्टको १०४ नम्बर कोठामा जबरजस्ती करणी गरेको उजुरी परेको थियो।
उजुरीको आधारमा पौडेललाई पक्राउ गरिएको प्रहरी वृत्त लैनचौरले जनाएको छ। पीडित युवतीको स्वास्थ्य परीक्षणका लागि पठाइएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
भदौ २७, २०८१ बिहीबार १२:१३:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।