सी-चेक गरेर काठमाडौं फर्कियो नेपाल एयरलाइन्सको ‘अन्नपूर्ण’ जहाज

सी-चेक गरेर काठमाडौं फर्कियो नेपाल एयरलाइन्सको ‘अन्नपूर्ण’ जहाज

काठमाडौं : नेपाल वायुसेवा निगमको वाइड बडी ३३० जहाज सी-चेक गरेर दुई महिनापछि फर्किएको छ।

निगमको वाइड बडी जहाज ‘९एन- एएलवाई(अन्नपूर्ण)’ जहाज नियमित सी चेक मर्मत पश्चात बिहीबार विहान आज ८ बजेर ३६ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

यो विमान फर्किएसँगै निगमले लामो दूरीको जापान र अन्य अन्तर्राष्ट्रिय उडानमा तीन वटा जहाजले सेवा दिनेछ।

जहाज सी-चेकका लागि २०२४ जुन २२ मा इटाली पठाइएको थियो। जहाज कम्पनीमा लगेको ३० दिनमा मर्मत गर्ने सर्तमा पठाइएको भए पनि नेपाल फर्कन लगभग दुई महिना लागेको हो।

भदौ २६, २०८१ बिहीबार ११:४६:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।