दशैं आउन एक महिनाअघि नै टिकट बुकिङ सुरू
काठमाडौं : हिन्दु नेपालीहरूको महान पर्व दशैं आउन एक महिना बाँकी रहँदै यात्रुहरुले गन्तव्यसम्म जानको अग्रिम टिकट काट्न थालेका छन्।
चाडपर्वको बेला भाडा महंगो हुँदै जाने र कालो बजारी हुने डरले यात्रुहरू अग्रिम बुकिङ थालेका हुन्।
यद्यपि, नेपालका एयरलाइन्सहरूले अग्रिम बुकिङ खुलाउने गरेका छैनन्। वायुसेवा सञ्चालक संघका अनुसार अनलाइनबाट सहज रूपमा टिकट पाइने भएपछि अधिकांश हवाई गन्तव्यको टिकट बुकिङ गरेका हुन्।
त्यस्तै, दशैं, तिहार र छठ पर्वलक्षित सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ असोज पहिलो हप्तादेखि खुला गर्ने यातायात व्यवसायीहरुको तयारी छ।
दशैंको १५ दिन अगावै लामो दूरीका सवारीको अग्रिम टिकट खुला गर्ने गरिँदै आएको छ।
यातायात व्यवसायीले विगतमा जस्तै सर्तहरू भने राखेका छन्। बर्सातमा भत्किएका सडक मर्मत गर्नुपर्ने, दुई वर्षदेखि रोकिएको भाडादर समायोजन गर्न माग गरेका छन्।
भदौ २६, २०८१ बिहीबार ११:१७:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।