अमेरिकी राष्ट्रपति बहसमा ह्यारिसको जित

अमेरिकी राष्ट्रपति बहसमा ह्यारिसको जित

एजेन्सी : अमेरिकामा राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्प र कमला ह्यारिसबीच राष्ट्रपति पदको बहस कमला ह्यारिसले जितेकी छन्।

न्यूयोर्क टाइम्स, सीएनएन, वासिङ्टन पोस्ट र बीबीसीले गरेको सर्वेक्षणमा ह्यारिसलाई विजेता मानिएको छ।

बुधबार विहान भएको ९० मिनेटसम्म बहसमा ट्रम्पले व्यक्तिगत आक्रमण गर्दा समेत कमलाले त्यसलाई हाँसेर टारेकी थिइन्।

ट्रम्पले ह्यारिसलाई वामपन्थी भएको भन्दै उनका बुवा कम्युनिष्ट भएको आरोप लगाएका थिए।

कमलाले ट्रम्पको आरोप र व्यक्तिगत आक्रमणमा केही बोलिनन्, मुस्कुराइ मात्र रहिन्।

ट्रम्प र ह्यारिसबीचको यो पहिलो बहस हो। कमलाले पहिलो पटक राष्ट्रपति चुनावको बहसमा भाग लिइन् भने ट्रम्पले २०१६ देखि २४ सम्म ६ पटक बहसमा भाग लिइसकेका छन्।

यस चुनावमा, पहिलो राष्ट्रपति बहस ट्रम्प र बाइडेनबीच जुन २७ मा भएको थियो। जसमा बाडेन पराजित भएपछि उनले राष्ट्रपतिको उम्मेदवारी नै त्यागेका थिए।

भदौ २७, २०८१ बिहीबार ०८:३२:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।