राष्ट्रिय स्वतन्त्र पार्टीले दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टीले दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दै

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले समसामयिक विषयबारे जानकारी दिन आज पत्रकार सम्मेलन गर्दैछ।

दिउँसो दुई बजेदेखि पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा पत्रकार सम्मेलन हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

पत्रकार सम्मेलनमा उपसभामुख इन्दिरा रानामगरको विषयमा पनि पार्टीको तर्फबाट ठोस जवाफ आउने अपेक्षा गरिएको छ। रानामगर राष्ट्रिय स्वतन्त्र पार्टीबाटै उपसभामुख बनेकी हुन्।

प्रत्येक महिनाको अन्तिम बिहीबार पत्रकार सम्मेलन आयोजना गर्ने पार्टीको निर्णयअनुसार पत्रकार सम्मेलन गर्न लागिएको प्रवक्ता झाको भनाइ छ।

पत्रकार सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी, सांसद र केन्द्रीय सदस्यहरूको पनि उपस्थिति रहनेछ

भदौ २६, २०८१ बिहीबार ०८:०३:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।