'दशैंपछि स्वदेशी चलचित्रकर्मीहरु आफैंमा रजिस्टर हुने छन्'

'दशैंपछि स्वदेशी चलचित्रकर्मीहरु आफैंमा रजिस्टर हुने छन्'

काठमाडौं : नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसिले चलचित्र क्षेत्रको सामाजिक सुरक्षा कोषको व्यवस्थाबारे कुरा अगाडि बढाएको बताएका छन्। 

बुधबार नेपाल चलचित्र कलाकार संघको ३६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले सामाजिक सुरक्षा कोष ,आफै सदस्य नवीकरण गर्ने, स्वास्थ्य बिमाको कुरा अगाडि बढाउनको साथै संस्थाको आर्थिक अवस्था पनि सुधार गर्ने गरि काम अगाडि बढाएको बताए।
 
उनले भने, ‘मैले सामाजिक सुरक्षा कोषको कुरा अगाडि बढाएको छु। त्यसपछि आफै सदस्य नवीकरण गर्ने, स्वास्थ्य बिमाको कुरा छ। यसबारे पनि काम गर्ने छु। यो संस्थाको आर्थिक अवस्था पनि सुधार गर्ने गरि काम गर्नेछु। यो कुरा कुर्सीमा भएको भएर मात्र भनेको होइन।’

उनले चलचित्रका स्टेक होल्डरहरू चलचित्रको खम्बा रहेको भन्दै संघका सबै सदस्यहरूले आफ्नो सोच उज्यालो नबनाएसम्म चलचित्र उद्योगको राम्रो विकास हुन नसक्ने बताए। 

उनले भने, ‘चलचित्रका स्टेक होल्डरहरू जुन छन्, उनीहरू चलचित्रका पिल्लरहरू हुन्। चलचित्र विकास बोर्ड जहिले पनि ९ वटा पिल्लरमा उभिएको छ। यो कुर्सीमा बस्दा सरकारले नियुक्त गरेको भएपनि ९ वटा पिल्लरबाट आएका मानिस भएको हुनाले उनीहरुले आफ्नो सोच उज्यालो नबनाएसम्म चलचित्र उद्योगको राम्रो विकास हुँदैन।’

अध्यक्ष डिसिले अब स्वदेशी चलचित्रकर्मीहरु आफैंमा रजिस्टर हुने व्यवस्था गर्नका साथै उनीहरुको मृत्यु भएको अवस्थामा एउटा निश्चित रकम चलचित्र विकास बोर्डबाट सिधै त्यही ठाउँमा जाने व्यवस्था दशैँपछि सुरु गर्ने जानकारी गराए। 

उनले भने, ‘स्वदेशी चलचित्रकर्मीहरु आफैंमा रजिस्टर हुने छन्, सबैको डाटाहरू लिने छ र उनीहरुको मृत्यु भएको अवस्थामा एउटा निश्चित रकम चलचित्र विकास बोर्डबाट सिधै त्यही ठाउँमा जाने र ६ वटा फोन गर्नुपर्ने, यताउता गर्नुपर्ने अवस्थामा पुर्याउने छु। यो काम दशैंपछि सुरू हुन्छ।’  

भदौ २५, २०८१ बुधबार २१:४२:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।