उपसभामुख रानालाई एकीकृत समाजवादीको पनि साथ

उपसभामुख रानालाई एकीकृत समाजवादीको पनि साथ

काठमाडौं : एकीकृत समाजवादीले उपसभामुख इन्दिरा रानामगरको पक्षमा उभिने निर्णय गरेको छ।

केन्द्रीय कार्यालय आलोकनगरमा बसेको स्थायी समिति बैठकले सत्तारुढ दलहरूले उपसभामुख रानामगरलाई हटाउन लागेकाले त्यसविरुद्ध उभिने निर्णय गरेको उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए। 

सत्तारुढ दल कांग्रेस र एमालेले उपसभामुख रानामगरले राजीनामा मागिरहेको छ। 

राजीनामा नआए वैधानिक प्रक्रियाबाट हटाउने उनीहरूको तयारी छ। त्यसका लागि कांग्रेस र एमालेले आफ्ना सांसदहरूलाई उपत्यका नछाड्न निर्देशनसमेत दिएका छन्। 

प्रतिपक्ष दल एकीकृत समाजवादीले भने वैधानिक प्रक्रिया नै भएपनि उपसभामुखको पक्षमा उभिने भएको छ। त्यसअघि माओवादी र रास्वपाले पनि रानाको पक्षमा उभिने बताएको छ।  

बैठकले आगामी असोज ५ मा काठमाडौंमा सन्देश सभा गर्ने निर्णय पनि गरेको छ।  

भदौ २५, २०८१ बुधबार १९:५८:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।