मनिष झाले उपसभामुखको राजीनामाबारे संसद्मा भने '१९ महिनापछि बार्गेनिङको लेटर प्वाइन्ट बनाइँदैछ'

मनिष झाले उपसभामुखको राजीनामाबारे संसद्मा भने '१९ महिनापछि बार्गेनिङको लेटर प्वाइन्ट बनाइँदैछ'

काठमाडौं : रास्वपा सांसद मनिष झाले उपसभामुखको पत्रलाई राजनीतिक दलहरूले बार्गेनिङ प्वाइन्ट बनाएको भन्दै आपत्ति जनाएका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले नेपाली कांग्रेसले उपसभामुखको कारण नेपालीको शिर झुकेको भन्ने अभिव्यक्तिमा आपत्ति जनाए।  

उनले भने, ‘उहाँलाई पूर्ण ज्ञान नभएर हस्ताक्षर गर्नुभयो। १९ महिनापछि बार्गेनिङको लेटर प्वाइन्ट बनाइँदैछ नेपाली कांग्रेसले शिर झुक्यो भनेछ। नेपालको शिर त्यसबेला किन झुकेन भुटानी शरणार्थी बनाउँदा?  जब एउटा मन्त्रीले ट्याक्स नतिर्दा किन झुकेन शिर?’

बुधबार बिहान बुढानीलकण्ठमा बसेको कांग्रेसका शीर्ष नेताहरूको बैठकले उपसभामुख रानाले मुलुकको शीर झुकाउने कार्य गरेको निष्कर्ष निकाल्दै राजीनामा मागेको छ। 

भदौ २५, २०८१ बुधबार १४:३९:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।