सभामुखले भने- योगश भट्टराईले बोलेको ‘हिंसा’ शब्द असंसदीय थिएन

सभामुखले भने- योगश भट्टराईले बोलेको ‘हिंसा’ शब्द असंसदीय थिएन

काठमाडौं : प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले भदौ १२ गतेको संसद बैठकमा योगेश भट्टराईले बोलेको ‘हिंसा’ शब्द असंसदीय नभएको निष्कर्ष सुनाएका छन्।

बुधबारको प्रतिनिधि सभा बैठकमा शून्य समय सकिएपछि सभामुख घिमिरेले यसबारे जानकारी गराएका हुन्।

प्रतिनिधि सभा नियमावली २०७९ को नियम २१ मा भएको व्यवस्था, भदौ १८ गते बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको छलफल र सचिवालयको रायसमेतको आधारमा यस्तो निष्कर्ष निकालिएको सभामुख घिमिरले जानकारी गराए।

उनले भने, ‘विषय प्रसङ्ग र प्रस्तुतिलाई विचार गर्दा उक्त हिंसा भन्ने शब्द असंसदीय शब्द नदेखिएको हुँदा संसदको अभिलेखबाट हटाउनु नपर्ने व्यहोरा जानकारी गराउँछु।’

भदौ १२ गते प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्ने क्रममा योगेश भट्टराईले ‘हिंसा’ शब्द प्रयोग गरेकोमा सो शब्द असंसदीय रहेकले संसदको अभिलेखबाट हटाइयोस् भनि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसहिका सांसदले विषय उठान गरेका थिए।

साथै सभामुख घिमिरेले पछिल्ला बैठकहरुमा प्रतिकात्मक शब्द प्रयोग गर्दा पनि नियमापत्ति गर्ने र शब्दम बहस हुने गरेको छ। संसदमा प्रस्तुत हुँदा शब्दचयनमा सचेतता अपनाउन समेत आग्रह गरेका छन्।

सम्बन्धित समाचार:-

भदौ २५, २०८१ बुधबार १४:०९:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।