माओवादी सांसद्ले उपसभामुखलाई इन्दिरा गान्धी भनेपछि...

माओवादी सांसद्ले उपसभामुखलाई इन्दिरा गान्धी भनेपछि...

काठमाडौं : माओवादी केन्द्रका सांसद् रणेन्द्र बरालीले उपसभामुख इन्दिरा रानामगरलाई इन्दिरा गान्ध भनेपछि संसदमा हाँसोको फोहरा छुटेको छ।

बुधबारको प्रतिनिधि सभाका बैठकमा उनले सपभामुखको विषयले सदनमा तरङ्ग आएको बताएका हुन्।

उनले भने, ‘उपसभामुख इन्दिरा गान्धीको कुराले हिजो सदनमा अलिअलि तरक्की आथ्यो....(सम्झिँदै) ए इन्दिरा रानाले (हाँस्दै), आज त पत्रपत्रिकाहरूमा पनि यस विषयमा लेखेका छन्।’

सांसद बराली ले महिला, दलित, थारु, आदिवासी जनजातिहरु उच्च ओहदामा पुग्नै गाह्रो भएको र पुगे पनि भोलिपल्टैदेखि गलहत्याउने प्रवृत्ति रहेको बताए।

उनले उपसभामुखको विषयमा अदालतमा मुद्दा परेर दोषी ठहर नभएकाले महाभियोग लगाउन नहुने भन्दै पार्टीसँग परामर्श गरेर अर्को मान्छे झिकाउन लगाउनुपर्ने तर्क गरे।

साथै, उनले यसबाट संवैधानिक परिषद्मा आफ्नो बहुमत पुर्याउनका लागि सत्तारुढ पार्टीबाट भएको चलखेल भएको छर्लङ्ग भएको बताए।

भदौ २५, २०८१ बुधबार १३:४२:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।