बैंकहरूबाट असोज १३ गतेदेखि सुकिला नोट साट्न सकिने

बैंकहरूबाट असोज १३ गतेदेखि सुकिला नोट साट्न सकिने

काठमाडौं : यो वर्षको दशैंसहितका चाडबाडका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न सकिने भएको छ।

नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत सुकिला नोट साट्न सकिने व्यवस्था मिलाइएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले जानकारी दिए।

उनका अनुसार असोज १३ बाट सुकिला नोट साट्न सकिने व्यवस्था मिलाउन लागिएको बताए।

यसवर्ष नयाँ नभएर ५, १०, २०, ५० र १०० दरको एक सेट सुकिला नोट साट्न सक्ने उनको भनाइ छ।

यसअघिका वर्षहरूमा राष्ट्र बैंकले दशैंसहितका चाडबाडमा नयाँ नोट साट्ने गर्दथ्यो।

भदौ २५, २०८१ बुधबार १२:५१:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।