सहकारी ठगी प्रकरणमा धनराज गुरुङमाथि छानविन गर्न कांग्रेस तयार

सहकारी ठगी प्रकरणमा धनराज गुरुङमाथि छानविन गर्न कांग्रेस तयार

काठमाडौं : नेपाली कांग्रेसले सहकारी ठगीमा नाम जोडिएका उपसभापति धनराज गुरुङमाथि छानबिन गर्न तयार भएको बताएको छ।

बुधबार सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले गुरुङ स्वयंले केही गल्ती भए छानबिनमा सहयोग गर्न आफू तयार रहेको बताएको जानकारी दिए।

‘कुनै ठाउँमा गल्ती भएको छ भने उहाँ स्वयंले मेरो विषयमा छानबिन होस् भन्नुभएको छ। छानबिन गराउन कांग्रेस तयार छ’, उनले भने।

घिमिरेले डिभोर्स नक्कली नहुने बताए।

‘डिभोर्स पनि नक्कली हुन्छ? डिभोर्स २०७६ सालमा नै भइसकेपछि त्यो प्रश्नलाई नक्कली वा सक्कली भनेर सदनमा उठाउनु संसदीय बहसको विषय बन्न सक्दैन भन्ने कांग्रेसको धारणा हो’, उनले भने।

भदौ २५, २०८१ बुधबार १२:३६:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।