नेपाल एसबिआई बैंकको भैरहवा शाखा स्थानान्तरण
काठमाडौं : नेपाल एसबिआई बैंकले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-५, बैंक रोडमा रहेको भैरहवा शाखालाई स्थानान्तरण गरेको छ।
सो शाखालाई बैंकले सिद्धार्थनगर नगरपालिकाको-८ स्थित नारायण पथमा स्थानान्तरण गरी नयाँ परिसरबाट सेवा थालेको हो।
उक्त शाखाको नयाँ भवन परिसर उद्घाटन नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले गरेका थिए।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडा, प्रमुख सञ्चालन अधिकृत यादवेंद्र कान्त, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल र बैंकका अन्य वरिष्ठ पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो।
यसबाट ग्राहकलाई थप सुविधा सहितको बैकिङ सेवा उपलब्ध हुने अपेक्षा बैंकले राखेको छ।
भदौ २६, २०८१ बुधबार ११:२८:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।