कमला ह्यारिसमाथि गरिएको जातिवादी र नश्लीय टिप्पणीबारे ट्रम्पले के भने?

कमला ह्यारिसमाथि गरिएको जातिवादी र नश्लीय टिप्पणीबारे ट्रम्पले के भने?

एजेन्सी : कमला ह्यारिस र ट्रम्पले एबीसी न्यूजको प्रेसिडेंसियल डिबेटमा एकअर्कालाई व्यक्तिगत आक्रमण गरेका छन्।

ह्यारिसले ट्रम्पमाथि चलिरहेको मुद्दा र २०२० को चुनावमा आफ्नो हार स्वीकार गर्न नसकेर संसद भवन क्यापिटोल हिलमाथि गरिएको आक्रमणको विषय उठाइन्।

बहसको क्रममा, जब प्रश्नकर्ताहरूले ट्रम्पलाई ह्यारिसको पहिचानको बारेमा उनले गरेका विवादास्पद टिप्पणीको बारेमा सोध्दा ट्रम्पले त्यस्ता प्रश्नहरूलाई बेवास्ता गरे।

ट्रम्पले भने, ‘उनीहरू के हुन्, मलाई मतलब छैन।’

लगत्तै ह्यारिसले अमेरिकालाई जातीय आधारमा विभाजित गर्न खोजे व्यक्ति राष्ट्रपति बन्न चाहनु त्रासदीको भएको बताइन्।

ट्रम्पले यसअघि ह्यारिसलाई काली महिला भन्दै जातिवादी र नश्लीय टिप्पणी गरेका थिए।

भदौ २६, २०८१ बुधबार १०:३४:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।