फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिल पाराग्वेसँग पराजित
एजेन्सी : फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिल पराजित भएको छ।
बुधबार भएको खेलमा पाराग्वेले ब्राजिललाई १-० ले हराएको हो। पराग्वेको जितमा २०औं मिनेटमा डियगो गोमेजले गरेको गोल नै निर्णायक बन्यो।
जितपछि १० टोली सहभागी छनोटमा नौ अंकका साथ पराग्वे सातौं स्थानमा छ।
अर्को खेलमा अर्जेन्टिना कोलम्बियासँग २-१ ले पराजित भयो। बोलिभियाले चिलीलाई २-१ तथा इक्वेडरले पेरुलाई १-० ले पराजित गरेको छ।
भदौ २६, २०८१ बुधबार ०९:५४:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।