प्रेसिडेन्टल बहसमा ह्यारिसले भनिन्- ‘ट्रम्पमाथि विश्वका नेताहरू हाँस्छन्’

प्रेसिडेन्टल बहसमा ह्यारिसले भनिन्- ‘ट्रम्पमाथि विश्वका नेताहरू हाँस्छन्’

एजेन्सी : अमेरिकामा यसै वर्ष हुन लागेको राष्ट्रपतीय निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसबीच बहस जारी छ।

बहसको क्रममा डेमोक्र्याटिक पार्टीकी उम्मेदवार एवं उपराष्ट्रपति ह्यारिसले विश्वका नेताहरू ट्रम्पको कुरा गर्दा हाँस्ने गरेको बताइन्।

उनले भनिन्, ‘मैले संयुक्त राज्य अमेरिकाको उपराष्ट्रपतिको हैसियतमा विश्व भ्रमण गरेको छु र विश्व नेताहरू डोनाल्ड ट्रम्पमाथि हाँस्छन्।’

‘मैले सैन्य नेताहरूसँग कुरा गरेको छु, जसमध्ये केहीले तपाईंसँग काम पनि गरेका थिए। उनीहरूले तपाईंलाई अपमानजनक नेताका हुनुहुन्छ भन्छन्’, ह्यारिसले अर्को पोडियममा रहेका ट्रम्पलाई हेर्दै भनिन्।

ट्रम्पसँग ‘तथ्यको बारेमा भ्रमित नहुने क्षमता’ नभएको भन्दै ह्यारिसले २०२० को चुनाव हार्दा समेत त्यसलाई इन्कार गरेको तथ्य हामीबीच रहेको उनको तर्क छ।

भदौ २६, २०८१ बुधबार ०८:१४:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।