ट्रम्प र ह्यारिसबीच ‘प्रेसिडेन्डियल डिबेट’, ट्रम्पको आर्थिक नीतिमा ह्यारिसको कटाक्ष

ट्रम्प र ह्यारिसबीच ‘प्रेसिडेन्डियल डिबेट’, ट्रम्पको आर्थिक नीतिमा ह्यारिसको कटाक्ष

एजेन्सी : अमेरिकामा यसै वर्ष हुन लागेको राष्ट्रपतीय निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसबीच ‘प्रेसिडेन्डियल डिबेट’ भएको छ।

९० मिनेटको ‘एबीसी न्यूज प्रेसिडेंशियल डिबेट’ नेपाली समयअनुसार ६:४५ बजे सुरु भएर ८:१५ बजेसम्म चल्नेछ। राष्ट्रपतिको बहसका लागि केही नियम पनि बनाइएको छ।

यस नियम अनुसार बहसका क्रममा दुई उम्मेदवारले आफ्ना सहकर्मी वा कर्मचारीसँग कुरा गर्न नपाउने गरी दुई वटा विश्राम लिनेछन्। बहसको लागि कुनै पूर्व नोट वा लिखित सामग्री प्रयोग गर्न पाइने छैन।

बहस अघि टस भएको छ, जसबाट दुई उम्मेदवार कुन पक्षमा बस्ने र कसले अन्तिममा बोल्ने भन्ने टुंगो लागेको छ। यस बहसमा डोनाल्ड ट्रम्पले अन्तिम बोल्नेछन्।

बहस सुरु गर्दै कमला ह्यारिसले ट्रम्पको आर्थिक नीतिलाई निशाना बनाउँदा ट्रम्पले ह्यारिसलाई सोधे ‘के तपाईंलाई लाग्छ अमेरिका चार वर्ष पहिलेको भन्दा राम्रो अवस्थामा छ?’

यसबारे कमला ह्यारिसले आफू अवसरको अर्थतन्त्र बनाउने योजनामा ​​रहेको बताइन्।

ह्यारिसले भनिन्, ‘ट्रम्पले पछिल्लो पटक जस्तै अर्बपति र व्यापारीहरूलाई कर छुट दिने योजना बनाइरहेका छन्।’

उनले भनिन्, ‘ट्रम्पले अर्थशास्त्रबारे दिएको अभिव्यक्तिको १६ जना नोबेल पुरस्कार विजेता अर्थशास्त्रीहरूले आलोचना गरेका छन् र उनीहरूका अनुसार ट्रम्को व्यवस्था लागू भयो भने अर्को वर्ष मन्दी आउनेछ।’

ट्रम्पले देशको आर्थिक अवस्था धरापमा लगेर छाडेको आरोप लगाउँदै उनले आफूहरूले त्यो धरापलाई सुधार गरेको कमलाको दाबी छ।

भदौ २६, २०८१ बुधबार ०७:५७:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।