दिउँसो तीन र राति चार प्रदेशमा भारी वर्षाको सम्भावना

दिउँसो तीन र राति चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं : बुधबार दिउँसो तीन र राति चार प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो गण्डकी, लुम्बिनी र कर्णाली एवं राति कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

नसुनी वायुको प्रभावले दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने देखिएको छ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

त्यसैगरी राति गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

भदौ २५, २०८१ बुधबार ०७:१८:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।