तीन दिनदेखि भोटेबहालको निलगिरी गेष्ट हाउसमा बस्दै आएका एक जनाको शव भेटियो

तीन दिनदेखि भोटेबहालको निलगिरी गेष्ट हाउसमा बस्दै आएका एक जनाको शव भेटियो

काठमाडौं : काठमाडौं महानगरपालिका-११ भोटेबहालस्थित निलगिरी गेष्ट हाउसमा आज दिउँसो एक जनाको शव भेटिएको छ। 

गेष्ट हाउसको तीन तलाको कोठा नम्बर ८ मा यही भदौ २२ देखि बस्दै आएका सर्लाहीको हरिपुर नगरपालिका-८ घर भएका ६५ वर्षीय शशीकुमार लाल कर्ण मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए। 

शव पोस्टमार्टमका लागि पठाइएको सो घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

भदौ २४, २०८१ मंगलबार २१:४८:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।