सुरक्षित र नैतिक प्रजनन उपचारमा अग्रसरताका लागि इन्दिरा आईभीएफ नेपालले पायो क्यूएआई मान्यता
काठमाडौं : इन्दिरा आईभीएफ नेपाल असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सेवाहरूका लागि क्वालिटी एण्ड अक्रिडिटेसन इन्स्टिच्युटबाट प्रतिष्ठित मान्यता प्राप्त गर्ने देशको पहिलो आईभीएफ क्लिनिक बनेको छ।
यस ऐतिहासिक उपलब्धिले प्रजनन उपचारको क्षेत्रमा नयाँ बेन्चमार्क तय गर्दै नैतिक एवम् पारदर्शी प्रक्रियाहरूप्रति इन्दिरा आईभीएफको प्रतिबद्धतालाई बलियो बनाउने छ।
अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्ने गरी उपचार सेवा उपलब्ध गराउने इन्दिरा आईभीएफ, नेपालको समर्पणको प्रमाण स्वरूप क्वालिटी एण्ड अक्रिडिटेसन इन्स्टिच्युट प्रमाणीकरण प्राप्त भएको हो।
बिरामीहरूको लागि यो मान्यता सुरक्षित, भरपर्दो र उन्नत प्रजनन उपचारको ग्यारेन्टी हो भने यसले इन्दिरा आईभीएफ नेपालमा उच्चस्तरको स्वास्थ्य सेवा प्राप्त हुन्छ भन्ने समेत सुनिश्चित गर्दछ।
यसबारेमा टिप्पणी गर्दै इन्दिरा आईभीएफ नेपालकी केन्द्र प्रमुख तथा आईभीएफ विशेषज्ञ डा. नेहा होमागाईंले इन्दिरा आईभीएफ नेपालमा आफूहरूले सधैँ निजिकृत दृष्टिकोणको साथमा उच्चस्तरीय उपचार सेवालाई प्राथमिकता दिए।
क्वालिटी एण्ड एक्रिडिटेसन इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत डा. बीके राणाले क्यूएआले प्राप्त यस मान्यताले उत्कृष्ट प्रजनन उपचारको लागि आफ्नो प्रतिबद्धता स्थापित गर्न अग्रसर इन्दिरा आईभीएफको लागि एक महत्वपूर्ण कोसेढुङ्गा भएको बताए।
भदौ २५, २०८१ मंगलबार १२:५०:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।