कुमारी बैंक र दुसित ठानी हिमालयन रिसोर्टबीच सम्झौता
काठमाडौं : कुमारी बैंक लिमिटेड र धुलिखेलस्थित दुसित ठानी हिमालयन रिसोर्टबीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई रिसोर्टबाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।
सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुले दुसित ठानी हिमालयन रिसोर्टबाट प्रदान गरिने सेवाहरूमा कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड, मोबाइल बैकिङ्ग सेवाबाट रकम भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सकिनेछ।
यस सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिने बैंकको विश्वास छ।
कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग इकाइहरूबाट आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ।
भदौ २५, २०८१ मंगलबार १२:२२:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।