क्यानडा जान लागेको राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
काठमाडौं : नेपाल क्रिकेट संघ(क्यान)ले क्यानडा र अमेरिकामा हुने त्रिकोणात्मक ओडिआई सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको मंगलबार बिदाइ गरेको छ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, क्यानका सचिव पारस खड्का, प्रवक्ता छुम्बी लामा लगायतले टोलीको बिदाइ गरे। टोली आज साँझ क्यानडा तर्फ जानेछ।
विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली, नेपाल र ओमान सहभागी हुँदैछन्। त्रिकोणात्मक ओडिआई सिरिज भदौ ३१ देखि असोज १० सम्म हुनेछ।
त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालको पहिलो खेल भदौ ३१ गते क्यानडासँग र दोस्रो खेल असोज २ गते ओमानसँग रहेको छ।
तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध रहेको छ। सबै खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ।
ओडिआई सिरिज सकिएको दुई दिनपछि सोहि टोलीबीचमा टि-२० आई सिरिज हुनेछ। सिरिज असोज १७ गतेसम्म चल्नेछ।
त्यसपछि नेपालले क्यानडासँग नै सिरिज ओडिआई सिरिज खेलेर लिग-२ को अर्को त्रिकोणात्मक सिरिज खेल्न नेपाली टोली अमेरिका जानेछ। क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र दीपेन्द्र सिंह ऐरी भने क्यानडामा नै छन्।
नेपाली क्रिकेट टोली
रोहित पौडेल (कप्तान), आसिफ सेख, अनिल साह, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी, करण के.सी., गुलशन झा, रिजन ढकाल, ललित राजवंशी, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, देव खनाल (ट्राभलिङ रिजर्भ)।
भदौ २५, २०८१ मंगलबार १२:१४:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।