रोयल इन्फिल्ड हिमालयन ४५० को टेस्ट राइड ट्र्याक सम्पन्न

रोयल इन्फिल्ड हिमालयन ४५० को टेस्ट राइड ट्र्याक सम्पन्न

काठमाडौं : रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभले नयाँ हिमालयन ४५० अ टेकुमा सम्पन्न गरेको छ।

भदौ २१ देखि २३ सम्म सञ्चालन भएको टेस्ट राइड ट्र्याकले अफरोडिङ अनुभव प्रदान गरेको थियो। अफ-रोड ट्र्याकमा हुने यस अनुभवले राइडरलाई हिमालयन ४५० को रोमाञ्चकता र साहसिक क्षमताको प्रत्यक्ष अनुभव प्रदान गरेको छ।

अल्फा अटोमोटिभले नाडा अटो शो २०२४ मा रोयल इन्फिल्डको नयाँ मोडल हिमालयन ४५० सिसि शेर्पा इन्जिन लन्च गरेको थियो। हिमालयन ४५० को प्रारम्भिक मूल्य नौ लाख ८९ हजार ५ सय रुपैयाँ छ भने टप भेरियन्टको मूल्य १० लाख ३९ हजार ५ सय रुपैयाँ छ।

हिमालयन ४५० मा चार भेरियन्टहरू छन्, जसमा काजा ब्राउनको मूल्य नौ लाख ८९ हजार ५ सय रुपैयाँ, स्लेट पपी ब्लू/स्लेट हिमालयन साल्टको मूल्य नौ लाख ९९ हजार ५ सय रुपैयाँ, क्यामेट व्हाइटको मूल्य १० लाख १८ हजार ५ सय रुपैयाँ र हान्ले ब्लाकको मूल्य १० लाख ३९ हजार ५ सय रुपैयाँ रहेको छ।

४५२ सीसी इन्जिन र आधुनिक एबीएस प्रणालीले सुसज्जित यो मोटरसाइकलले रोयल इन्फिल्डको मजबुदताले आधुनिक प्राविधिक सुधारसहित संयोजन गर्दछ।

रोयल इन्फिल्ड सिरिजमा हिमालयन ४५० ले इण्डियन मोटरसाइकल अफ द यर २०२४ अवार्ड विजेता प्राप्त गरेको छ। हिमालयन प्लेटफर्ममा आधारित यो ४५० भेरिएन्टले विविध भू-भागमा (तराई-पहाड-हिमाल) उत्कृष्ट प्रदर्शन र स्थिरता प्रदान गर्दछ।

हिमालयन ४५० को प्राविधिक विशेषताहरूमा डिजिटल-एनालग इन्स्ट्रयुमेन्ट क्लस्टर, एलईडी लाइटिङ, र सवारीको आरामको लागि उन्नत एर्गोनोमिक्स समावेश छन्। रोयल एन्फिल्ड हिमालयनको म्याक्सिमम पावर २९ .४४ किलोवाट रहेको छ भने म्याक्सिमम टर्क ४० एनएम टर्क ५५०० आरपीएम रहेको छ।

हिमालयन ४५० सीसीमा १७ लिटरको फ्युल ट्याङ्की छ, जसले लामो यात्रा सुनिश्चित गर्दछ। सामुन्ने पाङ्ग्राको साइज ९०/९०-२१ छ भने पछाडि पांग्राको साइज १४०/८० आर १७ छ। यस बाइकमा २३० मीमीको उच्च ग्राउन्ड क्लियरेन्स छ।

डुअल च्यानल एबिएस र स्विचेबल एबिएसका साथै, यसमा ४ इन्चको गोलो टीएफटी डिस्प्ले छ, जसमा फोन कनेक्टिभिटीको सुविधा, गूगल म्याप्सद्वारा सञ्चालित फुल मेप नेभिगेसन, र मिडिया कन्ट्रोल्स पनि उपलब्ध छन्।

मोटरसाइकलमा युएसबी चार्जिङ पोर्ट र एर्गोनोमिक ह्यान्डलबार कन्ट्रोल जस्ता आधुनिक सुविधाहरू समावेश छन्।

भदौ २५, २०८१ मंगलबार १०:४५:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।