अन्तरिम सरकारको आदेशले बंगलादेशका हिन्दू कर्मचारीमा त्रास

एजेन्सी : बंगलादेशको अन्तरिम सरकारले एक पत्र जारी गरेपछि त्यहाँ बसोबास गर्ने हिन्दू अधिकारी र कर्मचारीहरू त्रासमा छन्।
पत्रमा सबै मन्त्रालयहरूमा काम गर्ने हिन्दू अधिकारीहरूको पूर्ण सूची माग गरिएको छ। यस सूचीमा देशका सबै मन्त्रालय र विभागमा कार्यरत समान र उच्च स्तरका सह-सचिवसहितका हिन्दू कर्मचारीहरूको विवरण संकलन गर्न भनिएको छ।
अगस्त २७ मा जारी गरिएको यस आदेशले सेप्टेम्बरको पहिलो साताभित्र सबै हिन्दू अधिकारीहरूको विवरण सरकारलाई बुझाउन आदेश दिएको थियो।
यो आदेश सबै मन्त्रालयहरूमा गोप्य रूपमा पठाइएको थियो। यस आदेशपछि हिन्दू कर्मचारीहरू काम गर्ने मन्त्रालयहरूमा हलचल मच्चिएको छ। आदेशमा पदाधिकारी र कर्मचारीको पूरा विवरण सँगै सफ्ट र हार्ड प्रतिलिपि उपलब्ध गराउन भनिएको छ।
फ्रिडम फर हिन्दू राइट्स इन बंगलादेशले यस्तो आदेशले यहाँ काम गर्ने हिन्दू कर्मचारीहरूमा त्रासको वातावरण सिर्जना गरेको बताए।
उनले भने, ‘अगस्त ५ पछि बंगलादेशका विभिन्न विश्वविद्यालयबाट करिब ५० हिन्दू शिक्षकलाई निकालिएको छ। अहिले यस्तो आदेशले हिन्दूहरूमा डर पैदा गरेको छ।’
बंगलादेश सरकारले यस सूचीलाई आगामी हिन्दू रीतिथिति र चाडपर्वका अवसरमा सम्बद्ध अधिकारीहरूलाई बोलाउन तयार पारिएको बताएको छ।
भदौ २५, २०८१ मंगलबार ०८:३८:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।