‘रंगी’फिल्म निर्माण गर्दै सलोन बस्नेत, कलाकारको छैन टुङ्गो

‘रंगी’फिल्म निर्माण गर्दै सलोन बस्नेत, कलाकारको छैन टुङ्गो

काठमाडौं : सलोन सलिना फिल्मस् प्रालिको ब्यानरमा फिल्म ‘रंगी’ निर्माण हुने भएको छ। सोमबार निर्माण टिमले एउटा पोस्टर सामाजिक सञ्जालमा पोस्ट गर्दै फिल्म निर्माणको घोषणा गरे। 

सलोन बस्नेत प्रस्तुतकर्ता रहने यो फिल्ममा सुरेश न्यौपानेले निर्देशक गर्नेछन्। यही फिल्मबाट उनले निर्देशनमा ‘डेब्यू’ गर्न लागेका हुन्। 

यसअघि निर्देशक न्यौपानेले फिल्म ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका फिल्ममा मुख्य सहायक निर्देशनको काम गरिसकेका छन्। मुख्य सहायक निर्देशन गरेको अनुभव यो फिल्ममार्फत काम देखाउने उनको तयारी छ।

न्यौपानेले निर्देशन गर्ने यो फिल्मको सार्वजनिक पोस्टरमा साइकलमा एक पुरुष र एक बालिकाबीच खेल खेलिरहेको देख्न सकिन्छ। पोस्टर हेर्दा उनीहरू बाबु छोरी रहेको अनुमान लगाउन सकिन्छ। त्यसकारण पनि फिल्मले बाबु छोरीको कथाको हो भनेर अनुमान गर्न सकिन्छ।

सक्षम सुवेदीको निर्माण रहने फिल्ममा कलाकारको भने टुङ्गो लागेको छैन। कोको कलाकार छनोट भएका छन् भन्ने कुरालाई निर्माण पक्षले सस्पेन्स राखेको छ। 

फिल्मका प्रस्तुतकर्ता रहेका सलोन बस्नेतले उकेरासँगको कुराकानीमा एक सातामा सबै कुराको फाइनल हुने बताए। 

उनले भने, ‘अहिले सबै कुरा फाइनल भइसकेको छैन। एक हप्ताभित्रमा सबै जानकारी बाहिर आउनेछ।’

तपाईं पनि यो फिल्ममा हो भन्ने प्रश्नमा उनले एग्रिमेन्ट नभई म हुन्छु हुँदिन भन्ने कुरा थाहा नहुने बताए। उनका अनुसार यतिबेला कलाकार छनोट भइरहेका छन्।

असोज ११ देखि छायांकन हुने यस फिल्मको लेखन सुमन गजमेरको छ भने छायांकन सौरभ लामाले गर्नेछन्। 

उनी यो फिल्ममा छायांकारको रुपमा अनुबन्धित भइसकेको निर्माण पक्षको भनाई छ। 

भदौ २३, २०८१ सोमबार २०:५३:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।