बालुवाटारमा सत्तारुढ दलको बैठक सुरू

बालुवाटारमा सत्तारुढ दलको बैठक सुरू

काठमाडौं : सत्तारुढ दलका शीर्ष नेताहरूसहितको बैठक बालुवाटारमा सुरू भएको छ।

बैठकमा प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत सहभागी छन्।

सरकारको कामको मूल्याङ्कन, सरकार सञ्चालनका लागि न्यूनतम् साझा कार्यक्रम बनाउनेलगायतका विषयमा बैठकमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

भदौ २३, २०८१ सोमबार १८:०२:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।