बाल श्रम शोषणको आरोपी एमालेकी प्रदेश सांसद शर्मालाई कारबाही गर्न कांग्रेस सांसदको माग

बाल श्रम शोषणको आरोपी एमालेकी प्रदेश सांसद शर्मालाई कारबाही गर्न कांग्रेस सांसदको माग

काठमाडौं : नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौडेलले बाल श्रम शोषण गरेको आरोप लागेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्मालाई कारबाही मागको गरेकी छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा उनले एमालेकी प्रदेश सांसद शर्माले बालश्रम गरेको देखिएको भन्दै कारबाही गर्नुपर्ने माग गरिन्। 

‘निकृष्ट प्रकारले बालश्रम प्रयोग गरेको देखिन्छ। माननीयज्यू, जो कानुन बनाउनुहुन्छ। कानुनले नै बालश्रमलाई निषेधित गरेको छ। कानुन बनाउने नै बालश्रम प्रयोग गर्ने त्यस्ता व्यक्तिलाई सरकारले कारबाही गर्नुपर्छ,’ उनले भनिन्। 

यस विषयमा केही समयअघि काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले प्रदेश सांसद शर्मालाई कारबाही कहिले गर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका थिए। त्यसपछि फेसबुकमा प्रधानमन्त्री ओली र बालेनका समर्थकहरूबीच साइबर वार नै परेको थियो। 

तर, सांसद शर्माले आफूले शोषण नगरेको बताउँदै आएकी छन्।  

भदौ २३, २०८१ सोमबार १६:०४:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।