इलाम विस्फोटको घटनाबारे संसदलाई जानकारी गराउन एमाले सांसद बर्तौलाको माग

इलाम विस्फोटको घटनाबारे संसदलाई जानकारी गराउन एमाले सांसद बर्तौलाको माग
फाइल तस्बिर

काठमाडौं : एमाले सांसद महेश बर्तौलाले इलाममा भएको बम विस्फोटको घटनाबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गरेका छन्।

सोमबारको प्रतिनिधि सभाको बैठकमा उनले गृह मन्त्रालय र गृहमन्त्रीसँग यसबारेमा संसदमा जानकारी गराउन माग गरेका हुन्।

‘सरकारले यस्ता घटनाका बारेमा गम्भीरता साथ अनुसन्धान गर्नुपर्ने देखिन्छ,’ उनले भने, ‘घटना भएको लामो समय भइसक्दा पनि घटनामा जोडिएको दोषी को हो? यसबारेमा सरकारले सदनलाई जानकारी दिनुपर्छ।’

साथै उनले सशस्त्र द्वन्द्वकै समयमा बिच्छ्याइएका, फ्याँकिएका र छोडिएका बमहरू नै अहिले आएर विस्फोट भएको भन्ने चर्चा सुनिएको भन्दै यदि त्यसो हो भने घटनाप्रति को द्वन्द्वको एक पक्ष जिम्मेवार हुनुपर्ने बताए।

‘सामान्यतया राज्यपक्षबाट बेवासिरे बमहरु छोडेर हिँड्ने हामी देख्दैनौँ। त्यतिबेलाको द्वन्द्वको एउटा पक्षबाट यसरी बेबारिसे बमहरु विभिन्न ठाउँमा छोडिएको हो भने सम्बन्धित पक्षले यसका बारेमा जिम्मेवार हुनुपर्छ कि पर्दैन?’

गत भदौ २३ गते पाँचथरमा आइतराज केरुङको घर आसपास बेवारिसे बम विस्फोट हुँदा बहिनी प्रिन्सा खावा लिम्बु र दाजु दिप्सन खावा लिम्बुको मृत्यु भएको थियो।

यस्तै उक्त विस्फोटमा पवन राई र दिप्सन राई घाइते भएकोमा उनीहरुको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ।

भदौ २३, २०८१ सोमबार १३:३३:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।