एप्पलले आज ‘आइफोन १६ सिरिज’ सार्वजनिक गर्दै

एप्पलले आज ‘आइफोन १६ सिरिज’ सार्वजनिक गर्दै

काठमाडौं : अमेरिकी टेक्नोलोजी कम्पनी एप्पलले आज ‘आइफोन १६ सिरिज’ सार्वजनिक गर्दैछ।

नेपाली समयअनुसार राति पौने ११ बजेदेखि हुने एप्पल इभेन्टमार्फत कम्पनीले ‘आइफोन १६ सिरिज’सँगै ​एप्पल वाच, एयरपड्स लगायतका डिभाइस सार्वजनिक गर्न लागेको हो।

नयाँ आउन लागेको ‘आइफोन १६ सिरिज’मा महत्त्वपूर्ण सफ्टवेयर सुधार र नयाँ एआई सुविधाहरू समावेश हुने अनुमान गरिएको छ।

आइफोन १६ प्रो सानो भेरियन्टको मात्र मूल्य बढ्ने प्रविधि क्षेत्रका जानकारहरूको अपेक्षा छ। यसका अलावा फोनमा केही हार्डवेयर परिवर्तन पनि देखिने बताइएको छ।

एप्पल इभेन्ट एप्पल टिभी र एप्पलको अफिसियल युट्युब च्यानलमार्फत हेर्न सकिनेछ।

भदौ २३, २०८१ सोमबार १२:०३:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।