झापामा डेंगीबाट दुई जनाको मृत्यु, संक्रमित एक सय २८

झापामा डेंगीबाट दुई जनाको मृत्यु, संक्रमित एक सय २८

झापा : डेंगी संक्रमणबाट झापामा दुई जनाको मृत्यु भएको छ।

स्वास्थ्य कार्यालयका डेंगी फोकल पर्सन वीरेन्द्र दासका अनुसार डेंगीबाट गत साउन यता झापामा मात्र दु्ई जनाको मृत्यु भएको हो। उनीहरू हल्दिबारी-३ की ४२ वर्षीया महिला र विर्तामोड-४ का आठ वर्षीय बालक हुन्।

झापामा साउन १ गते यता संक्रमितको सङ्ख्या एक सय २८ पुगिसकेको छ भने समग्र कोशी प्रदेशमा एक हजार ६५ जना संक्रमित भएका छन्।

कोशी प्रदेशमा यस अवधिमा सबैभन्दा बढी मोरङमा संक्रमितको संख्या पाँच सय ३२ पुगेको छ भने त्यसपछि झापा, धनकुटा र सुनसरीमा पनि धेरै पाइन्छ।

स्वास्थ्य निर्देशनालय धनकुटाका फोकल पर्सन सुरक्षा खत्रीका अनुसार धनकुटामा ८० र सुनसरीमा ७० जनामा डेंगीको संक्रमण भएको छ।

यसैगरी, उदयपुरमा ६९ जना, भोजपुरमा ६८, सङ्खुवासभामा ६७, ओखलढुङ्गामा २९, पाँचथरमा २१, सोलुखुम्बुमा ६, इलाममा पाँच जना, खोटाङमा चारजना र तेह्रथुममा दुईजनामा डेङ्गी सङ्क्रमण भएको पाइएको छ।

भदौ २४, २०८१ सोमबार १०:३०:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।