बालुवाटारमा सत्ता साझेदार दलहरूको बैठक बस्दै

बालुवाटारमा सत्ता साझेदार दलहरूको बैठक बस्दै

काठमाडौं : सत्ता साझेदार दलहरूको बैठक आज बस्दैछ।

बैठक अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।

आइतबार साँझ प्रधानमन्त्री ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका महासचिव शंकर पोखरेल, गृहमन्त्री रमेश लेखक लगायतका नेताहरूबीच भएको छलफलपछि आज सत्तारुढ दलको बैठक बोलाइएको हो।

बैठकमा सरकारको कामको मूल्याङ्कन र न्यूनतम साझा कार्यक्रम बनाउने लगायत छलफलका विषयहरू रहेका छन्।

यस्तै जनतामा रहेको निराशा हटाउने र सरकारका कामलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल गर्ने अजेण्डा रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भदौ २३, २०८१ सोमबार ०९:४५:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।