कन्टेनरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कन्टेनरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मुग्लिन : चितवनमा कन्टेनर र मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ।

वीरगञ्जबाट कुखुराको दाना लिएर भरतपुरतर्फ आइरहेको ना ८ ख २८१८ नम्बरको कन्टेनर र विपरीत दिशाबाट गइरहेको बागमती प्रदेश ०६-००३ प ४८५१ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा मोटरसाइकल चालक रत्ननगर-१५ का ३४ वर्षीय जीवन मग्राती रहेका छन्। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा बकुलहर अस्पताल टाँडीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए।

ठक्कर दिने कन्टेनर र चालक बाराको गडीमाई नगरपालिका-५ का ३६ वर्षीय श्यामसुन्दर सहनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

भदौ २३, २०८१ सोमबार ०९:२६:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।