सकियो पेरिस पारा‌ओलम्पिक, पदक तालिकामा नेपाल ७९‍‍औं स्थानमा

सकियो पेरिस पारा‌ओलम्पिक, पदक तालिकामा नेपाल ७९‍‍औं स्थानमा

एजेन्सी : पेरिसमा आयोजित पाराओलम्पिक सकिएको छ। आइतबार राति पेरिसमा समापन समारोह भयो।

यस अवधिमा दर्शक र खेलाडीहरूको लागि विश्वभरका धेरै कलाकारहरूले पनि प्रस्तुति दिएका थिए।

पेरिस पाराओलम्पिकमा नेपालले एक कास्य पदक जित्यो। नेपालकी पलेसा गोवर्धनले टेक्वान्दोमा उक्त पदक जितेकी हुन्।

नेपालमा पाराओलम्पिक पदक ल्याउने उनी पहिलो खेलाडी हुन्। नेपालका लागि ऐतिहासिक भएकाले उनलाई राष्ट्रपति, प्रधानमन्त्री देखि स्थानीय तह र निजी क्षेत्रले समेत सम्मान गरेको छ।

पाराओलम्पिकमा चीनले ९४ स्वर्ण, ७६ रजत र ५० कास्यसहित २२० पदक जितेर पहिलो स्थानमा रहँदा बेलायत ४९ स्वर्ण, ४४ रजत र ३१ कास्यसहित १२४ पदक जितेको छ।

बेलायत दोस्रो स्थानमा हुँदा तेस्रो स्थानमा रहेको अमेरिका १०५ पदकसहित तेस्रो स्थानमा छ। उसले ३६ स्वर्ण, ४२ रजत र २७ कास्यपदक जितेको छ।

चौथो स्थानमा रहेको नेदरल्यान्ड्सले २७ स्वर्ण, २७ रजत र १२ कास्यसहित कुल ५६ पदक जितेको छ।

यो सूचीमा नेपाल ७९औं स्थानमा छ।

भदौ २३, २०८१ सोमबार ०८:२५:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।