सत्तारूढ दलका शीर्ष नेताहरूबीच के छलफल भयो ?

सत्तारूढ दलका शीर्ष नेताहरूबीच के छलफल भयो ?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्तारूढ नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच आज छलफल भएको छ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस नेता तथा गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, एमालेका उपाध्यक्ष तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल सहभागी थिए। 

नेताहरूका अनुसार छलफलमा सत्ता गठबन्धनको बैठक बोलाउने सहमति भएको छ।

छलफलमा सरकारका कामकारबाहीको समीक्षाका साथै थप प्रभावकारी बनाउनेलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

त्यस्तै, बैठकले सरकारको न्यूनतम् साझा कार्यक्रम तय गर्ने विषयमा पनि छलफल भएको बताइएको छ। 

संसद्का दुई ठूला दल कांग्रेस र एमालेबीच गत असार १७ मा भएको सहमतिबमोजिम एमालेका अध्यक्ष ओली गत असार ३० मा प्रधानमन्त्रीमा नियुक्त भएका थिए।  

भदौ २२, २०८१ आइतबार २१:१८:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।