सानिमा बैंकका ग्राहकलाई श्री एयरलाइन्समा ५०० रूपैयाँ छुट
काठमाडौं : सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न श्री एयरलाइन्समा विशेष छुटको व्यवस्था गरेको छ।
सानिमा बैंकको भिसा डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग क्युआर गरी डिजिटल भुक्तानी गर्दा श्री एयरलाइन्सको टिकटमा ५०० को छुट प्राप्त गर्न सक्नेछन्। छुटका लागि ग्राहकहरूले श्री एयरलाइन्सको काउन्टरबाट भुक्तानी गर्नु पर्नेछ।
बैंकले यसैगरी ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ।
सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा एटिएमहरु संचालनमा रहेका छन्।
भदौ २३, २०८१ आइतबार २१:०४:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।