आमासँगै ऋषि पञ्चमी नुहाउन गएका दुई बालकको नदीमा डुबेर ज्यान गयो

आमासँगै ऋषि पञ्चमी नुहाउन गएका दुई बालकको नदीमा डुबेर ज्यान गयो

काठमाडौं : पर्साको जगरनाथपुर गाउँपालिका-५ मसिहानी टोल नजिकै रहेको सिक्टा नदीमा नुहाउने क्रममा दुई बालकको मृत्यु भएको छ।

मामाघर आएका बेला आमासँग ऋषि पञ्चमी नुहाउन गएका उनीहरूको डुबेर ज्यान गएको हो।

मृत्यु हुनेमा भारतको बेनिया बनकट निवासी वृजेश ठाकुर हजामका १० वर्षीय छोरा गुलसन ठाकुर हजाम र भारतको सिक्टा निवासी अन्जीत पटेलका ८ वर्षीय छोरा अविषेक पटेल छन्।

दुवै बालक मामाघरमा बस्दै आएका थिए। दुवै बालकको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगंज पुर्याएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

भदौ २२, २०८१ आइतबार २०:०९:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।