दराज नेपालको ९.९ वार्षिक उत्सव अभियानको घोषणा, एक करोड बराबरको भौचर सुविधा पाउन सकिने

दराज नेपालको ९.९ वार्षिक उत्सव अभियानको घोषणा, एक करोड बराबरको भौचर सुविधा पाउन सकिने

काठमाडौं : दराज नेपालले आफ्नो बहुप्रतीक्षित ९.९ वार्षिक उत्सव अभियान सार्वजनिक गरेको छ। यो कार्यक्रममार्फत उपभोक्ताले ६० प्रतिशतसम्मको फ्ल्यास सेल छुट, निःशुल्क डेलिभरी र एक करोड रुपैयाँबराबरको भौचर सुविधा प्राप्त गर्न सक्ने दराजले जनाएको छ।

यही भदौ २४ देखि २६ सम्म चल्ने यो अभियानमार्फत नेपाली उपभोक्तालाई किनमेलको रोमाञ्चक अनुभव प्रदान गर्ने लक्ष्य कम्पनीले लिएको छ।

९.९ वार्षिक उत्सव अभियानको प्रमुख आकर्षणमध्ये एकका रूपमा खरिदकर्ताहरूले न्यूनतम मूल्य ४९९ बराबरका उत्पादनहरूको खरिद गर्दा छानिएका बिक्रेतामार्फत उपभोक्ताका घरको ढोकैसम्म निःशुल्क डेलिभरीको सुविधा प्राप्त गर्न सक्नेछन्। यसका लागि उपभोक्ताले दराज एपको होमपेजमा उपलब्ध ‘फ्री डेलिभरी’ ब्यानरमा क्लिक गरी ‘फ्री डेलिभरी’ भौचरहरू संकलन गर्न सक्ने बताइएको छ। 

दराजका खरिदकर्ताले अभियान अवधिभर दैनिक रूपमा फ्ल्यास सेलबाट सबैभन्दा कम मूल्यमा विभिन्न क्याटेगरी तथा सेटाफिल, बोट, एक्स–एज र पिलग्रिमलगायत साझेदार ब्रान्डमार्फत ६० प्रतिशतसम्म छुटमा विशेष अफरको मज्जा पनि लिन सक्नेछन्।

यसैगरी, दराज एपमा दैनिक रूपमा अपडेट हुने फ्ल्यास सेल सेक्सनमार्फत खरिदकर्तालाई उत्पादनको खरिद गर्दा थप बचत गर्ने अवसर सदाझैँ कायम रहने पनि कम्पनीले जनाएको छ।

भदौ २३, २०८१ आइतबार २०:००:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।