३३ वर्षअघि कीर्ते मुद्दामा दोषी ठहरिएका लुम्बिनीका सांसद केसीले अदालतमा आत्मसमर्पण गरे

३३ वर्षअघि कीर्ते मुद्दामा दोषी ठहरिएका लुम्बिनीका सांसद केसीले अदालतमा आत्मसमर्पण गरे

काठमाडौं : लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी कारागार चलान भएका छन्।

आज दिउँसो रुकुम जिल्ला अदालत पुगेर केसीले आत्मसमर्पण गरेको श्रेस्तेदार इश्वरी सुवेदीले जानकारी दिए। 

उनका अनुसार केसीलाई आजै  कारागार चलान गरिएको छ। 

रुकुम जिल्ला अदालतले २०४८ असार ९ मा श्रीमतीसँगको अंश मुद्दामा कीर्ते गरेको अभियोगमा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो।

अदालतले एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो।

त्यसपछि उनी फरारको सूचीमा थिए।  

भदौ २२, २०८१ आइतबार १८:२०:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।