सुन्दरीजलमा महिला हत्या प्रकरण : आरोपी दुई जना पक्राउ

सुन्दरीजलमा महिला हत्या प्रकरण : आरोपी दुई जना पक्राउ

काठमाडौं : काठमाडौं महानगरपालिका-३ बसुन्धारा बस्ने सिराहा घर भएकी राम दुलारी भन्ने महिलाको हत्यामा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा सर्लाहीको चक्रघट्टा गाउँपालिका-३ बस्ने ४० वर्षीय राम बिनय महरा र काठमाडौं महानगरपालिका-३ बसुन्धारा बस्ने सर्लाही बसगरिया गाउँपालिका-५ घर भएका २४ वर्षीय सन्तोष राम महरा रहेका छन्। 

गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित ढुंगाको चेपभित्र गत बिहीबार ती महिलाको शव फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई काठमाडौं महानगरपालिका-३ बसुन्धाराबाट पक्राउ गरेको हो। 

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले ती महिलालाई ढुंगा प्रहार गरी हत्या गरेको खुल्न आएको छ। 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।  

भदौ २२, २०८१ आइतबार १७:५९:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।