पारा ओलम्पिकमा ऐतिहासिक पदक विजेता पलेशालाई कांग्रेसले गर्यो सम्मान

पारा ओलम्पिकमा ऐतिहासिक पदक विजेता पलेशालाई कांग्रेसले गर्यो सम्मान

काठमाडौं : नेपाली कांग्रेसले पेरिस पारा ओलम्पिकमा नेपालका लागि ऐतिहासिक पदक जितेकी पलेशा गोबर्धनलाई ५ लाख रुपैयाँसहित सम्मान गरेको छ।

आइतबार पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रमकाबीच कांग्रेसका सभापती शेरबहादुर देउवाले ५ लाख रुपैयाँको चेक हस्तान्तरण गर।

यस्तै, प्रशिक्षक कविराज नेगी लामालाई पनि एक लाख ५० हजार रुपैयाँ सहित सम्मान गरिएको छ।

पेरिसमा ओलम्पिक २०२४को के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा पलेशाले कांस्य पदक जितेकी थिइन्।  

पलेशालाई यसअघि सरकारले ६५ लाख नगदसहित सम्मान गरिसकेको छ। त्यस्तै, पलेशालाई काठमाडौँ महानगरपालिकादेखि राष्ट्रपति रामचन्द्र पौडेलसम्मले सम्मान गरेका छन्।   

भदौ २२, २०८१ आइतबार १६:३२:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।