पाँचथरमा बम विस्फोटबाट घाइते २ बालकलाई हेर्न अस्पताल पुगेका मन्त्री पौडेलले भने 'उपचारको जिम्मा सरकारको'

पाँचथरमा बम विस्फोटबाट घाइते २ बालकलाई हेर्न अस्पताल पुगेका मन्त्री पौडेलले भने 'उपचारको जिम्मा सरकारको'

काठमाडौं : सरकारले पाँचथरको फालेलुङ गाउँपालिका ५ डाँडागाँउमा भएको बम विस्फोटमा परी घाइते भएका पवन र दिप्सन राईको उपचारको जिम्मा लिने भएको छ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले कीर्तिपुर अस्पतालको बर्न शाखामा उपचाररत पवन र दिप्सनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पुगेका थिए। उनले उपचारको सम्पूर्ण जिम्मा सरकारले लिने प्रतिबद्धता व्यक्त गरे।

घटनामा घाइते भएका चार जना बालबालिका मध्ये ११ वर्षीय दिप्सन साँवा र अढाई वर्षीया प्रिन्सा साँवाको मृत्यु भइसकेको छ। उनीहरू दाजु बहिनी हुन्। 

पवन र दिप्सनको भने कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ। 

फालेलुङ गाउँपालिकाको डाडागाउँमा आइतराज केरुङको घरमा गएको भदौ १३ गते विष्फोटक पदार्थ (द्वन्द्वकालको ह्यान्डमेड सकेट बम) विष्फोट हुँदा उक्त घटना भएको हो। 

भदौ २२, २०८१ आइतबार १५:५६:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।