झाडा लागेर एक जनाको मृत्यु, तीन जना बिरामी

झाडा लागेर एक जनाको मृत्यु, तीन जना बिरामी

नेपालगञ्ज : बाँकेका जानकी गाउँपालिकामा झाडाबान्ताका कारण एक जनाको मृत्यु भएको छ।

जानकी गाउँपालिका-५ बेलहरीका ३४ वर्षीय होली तेलीको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिए।

‘परीक्षणमा हैजाको जीवाणु देखिएको छैन, खानेपानी प्रशस्त नखाएको र समयमा उपचार नभएकाले मृत्यु भएको हुनसक्छ’, उनले भने।

सो पालिकामा तीन जनामा झाडाबान्ताका बिरामी भेटिएका छन्। तीमध्ये एक जनाको भेरी अस्पताल र अर्का एक जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ। एक जना भने उपचारपछि घर फर्केका छन्।

यसअघि जिल्लाको नरैनापुरमा विभिन्न समयमा झाडाबान्ता र अन्य स्वास्थ्य समस्याका कारण पाँचजनाको मृत्यु भएको अधिकारी श्रेष्ठले बताए।

भदौ २२, २०८१ आइतबार ०८:५३:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।