जाजरकोटमा वडासदस्यसहित दुई जना पुरिए

जाजरकोटमा वडासदस्यसहित दुई जना पुरिए
फाइल तस्बिर

सुर्खेत : जाजरकोटको बारेकोट गाउँपालिका-६ धुमामा खसेको पहिरोमा वडासदस्यसहित दुई जना पुरिएका छन्।

मृत्यु हुनेमा बारेकोट गाउँपालिका-६ की वडा सदस्य प्रेमकुमारी र उनका श्रीमान् मानबहादुर चलाउने पुरिएका छन्।

गए राति दुई बजे खसेको पहिरोमा पुरिएकी चलाउनेकी ११ वर्षीया छोरी सम्झनाको घाइते अवस्थामा उद्धार गरी लिम्सास्थित अस्पताल पुर्याइएको छ।

वडाध्यक्ष डम्बरबहादुर महताराका अनुसार पुरिएका चलाउने दम्पतीको उद्धारमा स्थानीय प्रहरी जुटेको छ।

भदौ २२, २०८१ आइतबार ०८:४३:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।